| सन् २००४ अप्रिल म कसो कसो गरेर झकाउन आँटेको हुँदोरहेछु । कोठामा कोलाहल मच्चिन थालेछ । मैले यसो आँखा उघारेँ सबै उभिएर बाझ्दै रहेछन् एक अर्कासँग । म टाँढबाट तल झरेँ सबै भए ठाउँमा । मैले पहिले त केही कुरा बुझिन । बम्बइका हाम्रा एजेन्टहरु भनौँ या मुसलेका भरौटेहरु या नेपाली छोरा र छोरी बेच्ने दलाल भनौँ २ जना शेखर झापा र भागवतचितवन दुबैजना टिल्ल रक्सी पिएर आएका रहेछन् । तिनीहरु कराउँदै थिए जोड जोडले रातको सन्नाटालाई चिर्दै । हामी त्यहाँ भएका जति सबैलाई गाली गर्दै थिए । आमा चकारी गाली गरे हामी सबैलाई । हामी हाम्रै पैसाले खान्थ्यौँ तर पनि यिनीहरुको गाली किन खानु पर्ने हो हामीले म बुझ्नै सक्दिन थेँ । त्यही पनि भनेको बेलामा खान पाइने होइन । न सुत्नै पाइन्थ्यो राम्ररी । मनपरि शब्दहरुको ओइरो सुन्नु पर्छ दिनै पिछे । शेखर मातेर लर्बरिएको आवाजमा भन्दैथियोः हामीले यहाँ रण्डीखाना खोलेको होइन । रण्डी होस् भने भिण्डी बजारबम्बैको रेडलाइट एरिया जा । यहाँ बस्न पाउँदिनस् । जस जसलाई रण्डीबाजी गर्नु छ भिण्डी बजार जाओ । यो रण्डीबाजी गर्ने अखडा होइन । मलाई अचम्म लाग्यो उसको कुरा सुनेर । जीवनमा कहिल्यै नखुलेको ज्ञानको आँखा खुलेको देखेर । कसरी आज उसको त्यसमा पनि मातेको बेला उसको ज्ञानको भण्डार खुलेको देखेर । ज्ञानी भएछ कि यो यत्ति छिट्टै । बिहे गरेको २० दिनमा श्रीमतीलाई झापाका धाइजनको घरमा छोडेर हिँडेको रे ऊ अरु भन्थे । यहाँ कति पटक रण्डीकोमा गयो त्यसको लेखाजोखा पनि छैन शायद उसैसँग अहिले । कतिपल्ट आºनै नेपाली दिदी बहिनीहरुलाई उसको हवसको शिकार बनायो होला । तर आज ऊ अति ज्ञानी बनेको छ रक्सीले मात्तिएकै बेला भएपनि । मेरो अलि अलि होस खुलिसकेको छ । मलाई कसैले नभने पनि कलहको जड के रहेछ भन्ने थाहा भइसकेको छ । किनकि बम्बैका रैथाने एजेन्टहरुलाई राम्रोसँग चिनिसकेको छु यतिबेलासम्ममा । मैले एउटा साथीलाई समय सोधेँ उसले भन्यो बिहानको २ बज्यो यार । अहिलेसम्मको हल्लाले भु।पू। असई खड्ग बहादुर तामाङ्ग र भु।पू। प्रहरी हवल्दार अमर बहादुर श्रेष्ठ दुबैको निद्रँ भङ्ग भई सकेको थियो । उनीहरुले जँड्याहालाई उनीहरुकै खाट्टी पुलिसको भाषामा गाली गरे बाझ्नेहरु पनि उनीहरुको गालीको चपेटामा परे उनीहरुको मीठो निद्रँ अनाहकमा बिगारेकोमा । माथ्लो टाँढबाट घुँक्क घुँक्क गरेको आवाज आयो । त्यो आवाज ठम्याउन मलाई मुश्किल परेन किनकि यो कोठामा चाल मारेर हिँडेपनि के भइरहेछ भन्ने थाहा पाउने सामान्य चेत दिमागमा पसिसकेको छ मेरो । यो कोठामा हरेक दिन के हुन्छ या के भइरहेछ र के हुनेवाला छ भन्ने कुरा म अनुमान गर्न सक्ने भइसकेको छु । ऊ झापा गोलधापकी गोमा नेपालीदमिनी यहाँ मैले अन्य जातीय अर्थ या दलितलाई हेपेर भन्न खोजेको होइन उसको त्यहाँ बसाइको बेला पुकारिएको आधारमा लेखेको हुँ उसको नाम हो घुँक्क घुँक्क गर्ने । उसको शरीर हेर्दा लाग्थ्यो उसको उमेर त्यस्तै १६÷१७ हुनुपर्छ । तर छाती र हेर्दा लाग्थ्यो ऊ भर्खरै १३÷१४ पुगेकी होली । सबै भन्थे ऊ खाडी मुलुकमा काम गर्न आएकी हो तर उसको पासपोर्ट पनि छैन रे । मैले एकदिन उसलाई लिएर आउने उसको झापाली दलाल गोलधापको लोके भँडारीालाई सोध्दा ऊ भन्थ्यो - अरु एजेन्टहरुले दिग्दार लगाउँछन् भनेर मैले पासपोर्ट छैन भनिदिएको हुँ । तर गोमेको पासपोर्ट छ भन्थ्यो ऊ । सबैले आआºनै अनुमान गरेका थिए । कोही भन्थे गोमे बेश्या रहिछे कोही भन्थे चुप् लाग् त्यसको मितदाजुले सुन्यो भने मार्ला तिमेर्लाई । साथमा मितदाजु पनि छ भन्ने कुरा सबैलाई हल्ला चलाइएको थियो झूटो भएपनि सत्य भएपनि । मितदाजु पनि बिदेश जान आएको छ रे । ऊ चैँ रमेश तामाङ्ग हो झापाको गोलधापको । लगभग गोलधापका ६-७ जनाको माझमा सुत्छे दमिनी गोमा सधैँ । उसलाई लिएर आउने उसको एजेन्ट शिकारको खोजीमा फेरि झापा फर्किसकेको थियो अहिलेसम्ममा । हामीलाई लिएर आउने एजेन्ट भोला दंगाल पनि फर्किसकेको थियो शिकारको खोजीमा झापा । बस् हाम्रा संरक्षक भने पनि गार्जियन भने २ जना जँड्याहा भागवत र शेखर हुन् बम्बैका कोठाका । त्यतिखेर हामी कोठामा २२-२५ जना जम्मा थियौँ । म छक्क परेँ हाम्रा संरक्षकको हाल देखेर । बम्बै जस्तो महानगरीमा हामीजस्ताहरु हराउँथ्यौँ या बिलाउँथ्यौँ कतै अनन्तमा । न आºनो भन्ने कोही छ त्यहाँ न नानी बाबु भनिदिने नै कोही छ । संरक्षँकहरुकै हाल त्यस्तो भए हाम्रँे अबस्था कस्तो थियो होला सजिलै अनुमान गर्न सकिन्थ्यो । गोमा दमिनीलाई नै किटेर गाली गलौज जे भएपनि हुन थालेपछि ऊसँगै आएका गोलधापबासीहरु उपि्रुन थाले । रातको सुन्यतामा परदेशमा एकअर्काले सहयोग गर्नु पर्ने बेलामा नेपालीहरुको अनाहकको बिबाद फैलियो । ओल्लो कोठा पल्लो कोठाबाट भारतीय श्रमिकहरु पनि आउन थाले । लाजमर्नु भयो हामीलाई क्या हुआ क्या हुआ भन्दै सोध्नेहरुलाई जवाफ दिनु भन्दा समस्याको समाधान कोठाभित्रै गर्न पाएको भए राम्रँ हुने थियो भन्ने साथीहरुले पनि गरे । गोमा रुन थाली । मैले बल्ल खुलस्त थाहा पाएँ आजको यो मध्यरातको ड्रामाको नायक चन्द्रे भँडारी बेलबारी रहेछ भने नायिका गोमे दमिनी गोलधाप रहिछ । उनीहरुको कथा सबैलाई थाहा थियो मलाई मात्र होइन । यो भन्दा अघि पनि अरु साना साना अल्लारे भाइहरु थिए कोठामा उनीहरु भन्थे - पुरु दाइ आज चन्दे्रले गोमेलाई ब्रँ किनिदियो कहिले भन्थे पेन्टी किनिदियो कहिले भन्थे लिपस्टिक किनिदियो आज घुमाउन ओर्लीको समुद्री किनारा लग्यो हिजो गेटवे अफ इण्डिया लग्यो अस्ति शान्ता क्रुज लग्यो । यी सबै रिपोर्टहरु सुनिन्थे राती सबै भेला भएपछि कोठामा । केटाहरु सबै कुरा सुनाउँथे सामुहिकरुपमै । म जिस्क्याउँथेँ चन्द्रेलाई - के हो चन्द्र भाइ †चाल निको छैन नि तिम्रो । ऊ भन्थ्यो अँ पुरुषोत्तम दाइ पनि । केटाहरुले जे भने त्यही विश्वाश गरिदिने । म सादीसुधा मान्छे कतै त्यसो गर्छु भन्थ्यो चन्द्रे । तर आजको कलहको जड या केन्द्रविन्दु चन्द्रे र गोमे हुन् मैले पहिल्यै भनिसकेको छु । कलहको जड यसरी सुरु भएछ- एजेन्टहरुले गोमेलाई पट्याउने कोशिश गरेछन् । अभ्यस्त एजेन्टहरुको धन्दा नै त्यही थियो भन्दा पनि फरक पर्दैनथ्यो । पहिले पहिले त्यो कोठामा आएका नेपाली चेलीहरुसँग गरिएको व्यवहारको बारेमा त्यो कोठामा बस्ने पुरानाहरु भाइहरुले पहिले नै भनिसकेका थिए । तर पनि गोमे पट्टिइनछे उनीहरुसँग । एजेन्टहरुमध्येको भागवत सबैका अघि गर्बकासा भन्थ्यो - बम्बैबाट अरब मुलुकमा ाजन आउने हर केटीको दूताबासमा भिसाको छाप लाग्नु भन्दा पहिले हाम्रो छाप लाग्नु जरुरी छ । ऊ जे भन्थ्यो सत्य भन्थ्यो भन्ने कुरा उसको कुरा र काम या व्यवहार सत्य हो भन्ने देखाइसकेको थियो । त्यसको ज्वलन्त नमूना गोमे दमिनीको केश नै ताजा थियो मेरो अघि । एजेन्टहरुले गोमे दमिनीलाई छाप हान्न नपाएकोले नै उठेको कलह थियो यो । बबण्डर थियो बिहानको २ बजे । . |
No comments:
Post a Comment